पर्सा - पर्सामा गएराति उपचारको क्रममा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। १६ गते नारायणी अस्पतालमा उपकारका लागि भर्ना भएका पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको कोरोना संयोजक डा. सरोज रोशन दासले बताए।
पर्सासहित विभिन्न जिल्लाबाट नारायणी अस्पतालमा उपचारका लागि आएका २९ संक्रमितले ज्यान गुमाइसकेका छन्।
पछिल्लो २४ घण्टामा पर्सामा १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।
नारायणी अस्पतालमा बारा, पर्सा, सर्लाही, रौतहट, सप्तरी, महोतरीलगायत स्थानबाट २ सय ८८ श्वाब संकलन गरिएकोमा १ सय ९० जनामा कोरोना पुष्टि भएको छ। संक्रमित हुनेमा पर्सामा १ सय ३३, बारामा ४१, सर्लाहीका ७, रौतहटका ५, सप्तरी, महोतरी र धनुषाका १/१ जना संक्रमण पुष्टि भएको हो।
प्रदेशका विभिन्न जिल्लाबाट नारायणी अस्पतालमा १२ जना भर्ना भएका छन्। अस्पतालको आईसियूमा तीन महिलासहित आठ जना, अक्सिजन सपोर्टमा ६९ जना, जनरल वार्डमा ८५ जना उपचाररत छन्।
