बिहीबार, भदौ ११, २०८३

प्रदेश २ मा ३२३ कोरोना संक्रमित थपिए

प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

जनकपुरधाम– प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए । 

मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, सिरहा पिसिआर ल्याब र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९६ महिला सहित ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मंगलबार पर्सामा ८७, धनुषामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ६० पुगेको छ ।

प्रकाशित: May 04, 2021| 14:23 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।