बिहीबार, भदौ ११, २०८३

निषेध आदेशको पहिलो दिन धनुषामा २७८ जना कारबाहीमा

निषेध आदेशको पहिलो दिन २ सय ७८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

जनकपुरधाम– निषेध आदेशको पहिलो दिन २ सय ७८ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा स्थानीय प्रशासनले लगाएको निषेध आदेशको क्रममा मास्क नलगाएर हिँड्ने, सवारी साधन लिएर बाहिर निस्केकाहरुलाई कारवाही गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । 
उनले पक्राउ परेकाहरुलाई दुई घण्टा होल्डिङमा राखेर छाडेको बताए । त्यस क्रममा मास्क नलगाउने ६७ जनालाई एक सयको दरले कारवाही स्वरुप राजस्व समेत असुल गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । 
मंगलबार निषेध आदेशको पहिलो दिन स्थानीय प्रशासनको निर्णय अटेरी गरी चलाएको १ सय ८४ वटा मोटरसाईकल, २३ वटा तिन पाँङ्ग्रे, चार पाँङ्ग्रे गाडी नियन्त्रणमा लिएर साँझमा प्रहरीले छाडेका छन् । 
प्रहरी उपरीक्षक रानाभाटले निषेध आदेशमा भोलीदेखि थप कडाई गर्ने बताए। निषेध आदेशको कार्यान्वयनको लागि जिल्लाभर ६ सय ५० जना प्रहरीलाई तिन सिफ्टमा खटाइएको छ । उनले तरकारी बजारहरुमा भिडभाड देखिएकोले त्यसमा सामाजिक दुरी कायम गराउने तथा जनचेतनाको लागि माइकिंग गरिरहेको बताए।

प्रकाशित: May 04, 2021| 14:22 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।