बिहीबार, भदौ ११, २०८३

बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६, रोडीदेवलका ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी, २७ वर्षीय हिम्मत भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। जिप चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

धनगढी- बैतडीमा दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ४ जनाको घटनास्थल र दुई जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६, रोडीदेवलका ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी, २७ वर्षीय हिम्मत भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। जिप चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका ३० वर्षीय हरीसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, ३५ वर्षीय मोहनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। 

से १ ज १२३ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलको गणमेश्वर मन्दिर नजिक मंगलबार दिउँसो दुर्घटना भएको हो। 

सोमबार साँझ परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाँदै गर्दा दुर्घटनामा परेको हव। जिपमा १० जना सवार थिए।

साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिप सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो।

प्रकाशित: May 04, 2021| 13:10 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।