बिहीबार, भदौ ११, २०८३

पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ

धनुषाको हंंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको केही दिन अगाडी हत्या भएको भएको थियो। सोही आरोपमा संलग्न भएको आरोपमा मृतककी पत्नी २३ वर्षीया श्रीमती सुशीलादेवी मण्डल र मृतकका भाइ अनील मण्डल छन्। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

जनकपुरधाम- देवरसँग मिलेर पतिको हत्या आरोपमा प्रहरीले मृतककी पत्नीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। 

धनुषाको हंंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको केही दिन अगाडी हत्या भएको भएको थियो। सोही आरोपमा संलग्न भएको आरोपमा मृतककी पत्नी २३ वर्षीया श्रीमती सुशीलादेवी मण्डल र मृतकका भाइ अनील मण्डल छन्। 

हत्यापछि फरार भएकी सुशीला र अनीललाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

यस्तै उनीहरूलाई फरार हुनका लागि सघाउने थप २ जनलाई समेत नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए। यद्यपि प्रहरीले ती दुवै जनाको नाम अहिले खुलाएको छैन।

गत शुक्रबार राती सुशीलाले देवर अनीलसँग मिलेर पतीको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। देवरसँग भाउजुको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइले मिलेर शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ।

प्रकाशित: May 04, 2021| 13:05 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।