बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् छली अध्यादेशबाट शासन चलाउने सरकारको शैली घोर आपत्तिजनक : देउवा

संसद् छली अध्यादेशबाट शासन चलाउने सरकारको शैली घोर आपत्तिजनक : देउवा

'संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।'
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद् छल्ने र अध्यादेश ल्याएरै देश चलाउने कार्यशैली देखाएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको समेत बताएका छन्। 

'संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।'

मंगलबारै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन्। सरकारले यही वैशाख २७ गतेका लागि प्रनिधिधिसभाको अधिवेशन बोलाएको छ।

यसैबीच कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा जसरी पनि फेल बनाउने निर्णय गरेको बताइएको छ।  

प्रकाशित: May 04, 2021| 12:33 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।