बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। 

ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकोमा कांग्रेसले असन्तुष्टि पनि व्यक्त गरेको छ। 

प्रधानमन्त्रीलाई फेल गराउन अन्य दललाई पनि आग्रह गर्ने र उनलाई फेल गराइछोड्ने महतले बताए।  प्रधानमन्त्री ओलीले अध्यादेशको माध्यमबाट देश चलाउन खोजेको भन्दै कांग्रेसले त्यसको भर्त्सना गरेको छ।  

संसद् छलेर मुलुक चलाउन चलाउनु गलत भएको कांग्रेसको निष्कर्ष छ। सरकारको सिफारिसमा आजमात्रै राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गरेकी छन्। 

कांग्रेसले कोभिड महामारीमा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको थियो।

प्रकाशित: May 04, 2021| 12:13 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।