बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेतीमा उपचाररत ६ कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमणमुक्त

सेतीमा उपचाररत ६ कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमणमुक्त

श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-५ की ६० वर्षीय महिला, वडा नम्बर १३ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

धनगढी-  सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका तीन, कञ्चनपुर, बझाङ र बर्दियाका एक-एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-५ की ६० वर्षीय महिला, वडा नम्बर १३ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–७ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष, बर्दियाको उतानपुर गाउँपालिका–२ का ३० वर्षीय पुरुषको पनि मंगलबार नै मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। यीमध्ये तीन जनाको भेन्टिलेटर, ९ जनाको आइसियू र ३३ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। 

मंगलबार १४ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको, एक जना थप उपचारका लागि काठमाडौं रिफर भएको उनले जानकारी दिए। 

मंगलबार १२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्च भएका छन्। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमूना जाँच गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: May 04, 2021| 12:06 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।