काठमाडौं– कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरणका लागि लागू गरिएको निषेध आदेशको समयमा नेपाल टेलिकमका ग्राहकले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको छ ।
वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सकिनेछ ।
७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक ९५ रुपैयाँमा मा उपलब्ध छ।
२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ। ३० रुपैयाँमा उपलब्ध छ यो डाटा प्याक।
२९९ रुपैयाँमा मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।
मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।
कम्पनीले ग्राहकले १४१५ डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्ने सुविधा दिएको छ ।
