बिहीबार, भदौ ११, २०८३

आईसीयू र भेन्टिलेटरमा ७९५ जना कोरोना संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार ६१६ जना आईसीयू र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत छन्। 

सबैभन्दा धेरै बागमती प्रदेशमा ३२५ जना आईसीयूमा र १२४ जना भेन्टिलेटरमा छन्। 

प्रदेश १ मा ९३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा, प्रदेश २ मा २४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: May 04, 2021| 12:06 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।