बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पहिल्यै समर्थन फिर्ता लिइएको हो, सरकारलाई लिखित जानकारी गराउने निर्णय भयो'

'पहिल्यै समर्थन फिर्ता लिइएको हो, सरकारलाई लिखित जानकारी गराउने निर्णय भयो'

'माओवादीले पहिल्यै समर्थन फिर्ता लिने निर्णय गरेको हो। अब लिखित रूपमा नै सरकारलाई जानकारी गराउने कुरा मात्र हो,' उनले भने। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन लिखित रूपमा नै फिर्ता लिने निर्णय गरेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। 

'माओवादीले पहिल्यै समर्थन फिर्ता लिने निर्णय गरेको हो। अब लिखित रूपमा नै सरकारलाई जानकारी गराउने कुरा मात्र हो,' उनले भने। 

केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाही सच्चिन्छन् कि भनेर आफ्नो पार्टीले लामो समय कुरेको तर सरकारले सच्चिने कुनै लक्षण नदेखाएको भन्दै लिखित रूपमा नै समर्थन फिर्ता लिने निर्णय भएको गुरुङको भनाइ छ। 

'अहिलेसम्मको विरोध त छँदैछ। तैपनि सरकारका काम कारबाही करेक्सन हुन्छन् कि भनेर अहिलेसम्म प्रतीक्षा गरेकै हो। करेक्सन भएन। झन् झन् संविधानविरोधी काम भए। त्यसमा समर्थन हुने भन्ने कुरा भएन,'  छोटो प्रतिक्रिया दिँदै गुरुङले भने, 'आजको बैठकमा विरोध गरेर, भण्डाफोर गरेर लिखित रूपमा पत्र दिने कुरा भएको हो।'

प्रकाशित: May 04, 2021| 11:53 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।