आइतबार, असोज ११, २०८३

श्रम स्वीकृति दिन बन्द गर्ने तयारी

बुधबार बस्ने वैदेशिक रोजगार महाशाखा र वैदेशिक रोजगार विभागको बैठकले यस विषयमा निर्णय गर्ने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपाल समयसँग भने। 'हामी भोलि छलफलमा बस्दै छौं। सायद शुक्रबारबाट भौतिक उपस्थितिमा दिइने सेवा रोकिन्छ होला,' महानिर्देशक दवाडीले भने। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- वैदेशिक रोजगार विभागले आगामी शुक्रबारबाट श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको छ। विभागले अनलाइन सेवा खुला राखेर भौतिक उपस्थितिमा हुने सबै कार्य रोक्ने तयारी गरेको जानकारी दिएको हो। 

बुधबार बस्ने वैदेशिक रोजगार महाशाखा र वैदेशिक रोजगार विभागको बैठकले यस विषयमा निर्णय गर्ने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपाल समयसँग बताए। 'हामी भोलि छलफलमा बस्दै छौं। सायद शुक्रबारबाट भौतिक उपस्थितिमा दिइने सेवा रोकिन्छ होला,' महानिर्देशक दवाडीले भने। 

अन्तर्राष्ट्रिय उडान संचालनमा रहेको भए श्रम कार्यालय बन्द गर्नु नहुने तर अन्तर्राष्ट्रिय उडान नै बन्द भएपछि कोभिडको समयमा श्रम कार्यालयमा भीडभाड मात्र बढाउनु बुद्धिमानी नहुने उनको भनाइ छ। 

उपत्यकामा निषेध आदेश जारी भएपनि अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन हुन्जेलसम्म श्रम स्वीकृति जारी गरिँदै आएको थियो। 

प्रकाशित: May 04, 2021| 11:44 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्