काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा काेराेना संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमणमा यो संख्या हालसम्मै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार ६६० जनालाई संक्रमण पुष्टि भएको हो। ७ हजार ५८७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो।
त्यसैगरी २४ घण्टामा मृत्यु हुने संख्यामा पनि रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। हालसम्म ३ हजार ४१७ संक्रमितको मृत्यु भएको छ।
हाल सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ छ।
