बिहीबार, भदौ ११, २०८३

लुम्बिनीमा संक्रमण भयावह, तीन सातामा १८६ को मृत्यु 

वैशाख १७ गते १८ जनाको मृत्यु भएकोमा १८ गते भने २४ जनाले ज्यान गुमाएका थिए। संक्रमणबाट वैशाख १९ गते २२ र २० गते (सोमबार) ३१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

बुटवल– लुम्बिनी प्रदेशमा कोरोना महामारी दिनप्रतिदिन भयावह बन्दै छ। कोरोना संक्रमण र मृत्यु दर बढिरहेको छ भने उपचार सेवा प्रभावकारी सकेको छैन। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १ देखि २० गतेसम्म कोरोना संक्रमणबाट १८६ जनाको मृत्यु भएको छ। वैशाख ३ मा १ जनाको मृत्यु भएको थियो। 

पछिल्लो एक सातायता संक्रमित र मृत्यु हुनेको संख्या वृद्धि भइरहेको निर्देशनालयको तथ्यांक छ। पछिल्लो तीन दिनमा कोरोनाबाट मृत्यु हुने दरमा क्रमशः वृद्धि भएको छ। वैशाख १७ गते १८ जनाको मृत्यु भएकोमा १८ गते भने २४ जनाले ज्यान गुमाएका थिए। संक्रमणबाट वैशाख १९ गते २२ र २० गते (सोमबार) ३१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। 

वैशाख ६ देखि २० गतेसम्मको १५ दिनमा १२ हजार ५ सय ९० जनामा संक्रमण देखा परेको छ। जब कि गत वर्ष वैशाखमा ९३ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो। ‘प्रदेशको तथ्यांक विश्लेषण गर्दा अवस्था निकै भयावह देखिएको छ’, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी भन्छन्, ‘स्थिति असहज बन्दै छ।’ 

आईसीयू बेड नपाएपछि बुटवलस्थित प्रादेशिक अस्पतालबाहिर कोरोना संक्रमित महिला। तस्बिर : विनोद परियार 

उनका अनुसार लुम्बिनी प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ८ प्रतिशतले मात्रै उपचार सेवा लिएका छन्। बाँकी ९२ प्रतिशत घरमै छन्। तथ्यांकअनुसार ११ हजार ९९ जना होमआइसोलेसन छन्। यस्तै ७ सय ६९ जना कोभिड अस्पतालमा र आइसोलेसन सेन्टरमा उपचारमा छन्।

‘अस्पताल आएकामध्ये ४० प्रतिशतको अवस्था निकै जटिल छ’, निर्देशनालयका प्रवक्तासमेत रहेका चौधरीले भने, ‘संक्रमणको दर पनि तीव्र छ भने मृत्यु पनि त्यस्तै छ।’ उनका अनुसार लुम्बिनीमा संक्रमितको मृत्यु दर १.४६ प्रतिशत छ। 

लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलका सूचना अधिकारी डा. विष्णु गौतम परीक्षण गरिएकामध्ये ९० प्रतिशतमा कोरोना संक्रमण देखिएको बताउँछन्। उनी भन्छन्, ‘पहिलेको कोभिडमा श्वासप्रश्वासको समस्या निकै कम देखिन्थ्यो। अहिले त तत्काल अक्सिजन दिएर आईसीयूमा राख्नुपर्ने समस्या छ।’ उनका अनुसार बेड अभावसँगै अक्सिजन पनि अपुुग हुँदा स्वास्थ्यकर्मीले उपचार गर्न नसक्ने अवस्था आएको छ। 

बढी मृत्यु रूपन्देहीमा 

लुम्बिनी प्रदेशमा कोरोनाको हटस्पोटका रुपमा बाँके र रुपन्देही छन्। गत वर्ष पनि यिनै दुई जिल्ला बढी प्रभावित थिए। दोस्रो लहरमा पनि नेपालगन्जपछि रुपन्देही जिल्ला प्रभावित छ। तर, कोरोनाको समग्र क्षति भने रुपन्देहीमै परेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा अहिलेसम्म कोरोना संक्रमणबाट २ सय १६ जनाले ज्यान गुमाएका छन्।

बाँकेमा १०५ जना, दाङमा ८३, कपिलवस्तुमा ५१, पाल्पामा ४०, नवलपरासी  (पश्चिम) मा ४०, गुल्मीमा २३ र अर्घाखाँचीमा २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। प्यूठान १३ र रोल्पामा पाँच जनाको मृत्यु भएको छ। रुकुम पूर्वमा भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु भएको छैन। 

सक्रिय उमेर समूहको मृत्यु दर धेरै 

लुम्बिनीमा कोरोना संक्रमणबाट हालसम्म ६ सय २५ जनाको मृत्यु भएको छ। तीमध्ये ४ सय १४ पुरुष र २ सय ११ महिला छन्। सबैभन्दा बढी मृत्यु सक्रिय उमेर समूहको देखिएको छ। १६ देखि ५९ उमेर समूहका ३ सय ४० जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ। ६० वर्षभन्दा माथिका २८४ जनाको मृत्यु भएको प्रदेशको तथ्यांकमा उल्लेख छ। 
 

प्रकाशित: May 04, 2021| 11:26 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।