बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्झौता गरेको खोप उपलब्ध गराउन सिरम इन्स्टिच्युटको आनाकानी

सम्झौता गरेको खोप उपलब्ध गराउन सिरम इन्स्टिच्युटको आनाकानी

कोभिसिल्ड खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले नेपालले अर्डर गरेको १० लाख डोज खोप उपलब्ध गराउन नसक्ने संकेत गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– कोभिसिल्ड खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले नेपालले अर्डर गरेको १० लाख डोज खोप उपलब्ध गराउन नसक्ने संकेत गरेको छ।

उक्त कम्पनीसँग खोप किन्न नेपाल सरकारले सम्झौता गर्नुका साथै ८० प्रतिशत अग्रिम भुक्तानी पनि गरिसकेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार कम्पनीले अहिलेसम्म खोप पठाउने प्रक्रिया नै सुरु गरेको छैन। सम्झौताअनुसार खोप पठाउन ताकेता गर्दा पनि कम्पनीले आनाकानी गरिरहेको मन्त्रालयको भनाइ छ। 

कम्पनीले अहिले खोप दिन नसक्ने बरु नेपालले भुक्तानी गरेको पैसा फिर्ता पठाउने आशय व्यक्त गरेको बताइएको छ। सिरमसँग सरकारले प्रतिखोप ४ अमेरिकी डलरमा किन्‍ने सम्झौता गरेको छ। यसअघि भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। 
 

प्रकाशित: May 04, 2021| 11:12 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।