बिहीबार, भदौ ११, २०८३

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु 

बैतडीमा मंगलबार भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

धनगढी– बैतडीमा मंगलबार भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–६, रोडिदेवलका दीपक भण्डारी, जितसिंह भण्डारी, हिम्मतसिंह भण्डारी, डम्मरसिंह भण्डारीको घटनास्थलमा मृत्यु भएकाे हाे।

यस्तै गाडी चालक तेजबहादुर बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।  दुर्घटनामा पाँच जना घाइते छ। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याउँदै गरेको खड्काले बताए।

सोमबार साँझ परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका पञ्चेश्वर गाउपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाँदै गरेको जिप पञ्चेश्वर गाउँपालिकाकाे रोडीदेवलमा दुर्घटना भएको थियो। जिपमा १० जना यात्रारत थिए। 

प्रकाशित: May 04, 2021| 11:10 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।