आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा मोटर्सद्वारा महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरतलाई विशेष छुट

टाटा मोटर्सद्वारा महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरतलाई विशेष छुट

 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङले कोरोना भाइरस महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस प्रतिकूल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पूर्ण ब्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ।

योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ। जसमा एक लाख ५० हजार विशेष छुटका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा रोेयल्टी वोनस स्वरुप ३० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ। गाडीहरुको होम डेलिभरीको सुविधा रहेको पनि जनाइएको छ। यो योजना १ मे २०२१ देखि ३१ मे सम्म रहेको कम्पनीले जनाएको छ।
 

प्रकाशित: May 04, 2021| 10:45 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्