आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अपी पावरलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

अपी पावरलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– अपी पावर कम्पनीले हकप्रदन निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड कम्पनीलाई  वैशाख १९ गते कम्पनीलाई १ः०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद  निष्कासन गर्ने अनुमति दिएको हो।

कम्पनीले २०७७ फागुन ९ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले  प्रतिकत्ता १०० रुपैयाँ अकित मुल्यमा हाल कायम चुक्ता पुँजीको ०.२९३९ प्रतिशतले हुन आउन ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको थियो।

बोर्डले कम्पनीलाई उक्त हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो। कम्पनीले  हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

प्रकाशित: May 04, 2021| 10:43 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्