काठमाडौं– भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिङ्क गर्न सक्ने भएका छन्। यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिङ्क गरी अझ सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ।
प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।
एकाउन्ट लिङ्क सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ। साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिङ्क गर्ने बैंकको मोबाईल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर पनि एउटै हुनुपर्ने जनाइएको छ।
यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा एकाउन्टमा सेकेन्डरी आइडीका रूपमा राख्न सकिने जनाइएको छ।
