बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाको निषेध आदेश एक साता थपियो, थप कडा बनाउने निर्णय

उपत्यकाको निषेध आदेश एक साता थपियो, थप कडा बनाउने निर्णय

काठमाडौं उपत्यकामा जारी निषेध आदेश एक साता थपिएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश एक साता थपिएको छ। १६ वैशाखदेखि एक साताका लागि लागू भएको निषेध आदेश अर्को एक साता थपिएको हो। 

आज मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेध आदेश एक साता थप गर्ने निर्णय गरेको हो। योसँगै उपत्यकामा २९ वैशाखसम्म निषेध आदेश लागू हुने भएको छ।

बैठकले निषेध आदेश थप कडा बनाउने निर्णय पनि गरेको छ।

अत्यावश्यक पेशा–व्यवसायका पसल बिहान ९ बजेसम्ममात्र खोल्न दिने र बेलुका खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए। 

सरकारी कार्यालयमा कर्मचारीको संख्या सीमित गर्ने तथा सवारीसाधनको आवतजावत अझ कम गरिने उनले बताए। सञ्चारकर्मीको हकमा सूचना विभाग विभागले जारी गरेको प्रेस पासलाईमात्र मान्यता दिइने उनले बताए।

मिडिया हाउसले न्यूनतम कर्मचारीमात्र राखेर काम गराउनुपर्ने भन्दै उनले आवतजावत गर्नुपर्ने कर्मचारीको विवरण जिल्ला प्रशासन कार्यालयमा पेश गरेर अनुमति लिनुपर्ने बताए।

प्रकाशित: May 04, 2021| 10:00 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।