काठमाडौं– सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन्। प्रचण्डकै कोटामा उनी राजदूत बनेका थिए।
