बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका सांसद भन्छन्– सादा कागजमा हस्ताक्षर भएको हैन, अध्यक्षलाई निर्णयको अधिकार दिइएको हो

जसपाका सांसद भन्छन्– सादा कागजमा हस्ताक्षर भएको हैन, अध्यक्षलाई निर्णयको अधिकार दिइएको हो

सम्भावित सत्ता समीकरणलगायत आवश्यक जुनसुकै निर्णय लिन सक्ने अधिकार अध्यक्षलाई प्रत्योजन गर्दै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरूले निर्णयमा हस्ताक्षर गरेका छन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– सम्भावित सत्ता समीकरणलगायत आवश्यक जुनसुकै निर्णय लिन सक्ने अधिकार अध्यक्षलाई प्रत्योजन गर्दै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरूले निर्णयमा हस्ताक्षर गरेका छन्।

केन्द्रीय कार्यालय बबरमहलमा प्रतिनिधिसभाका सांसदहरूलाई हस्ताक्षर गराइएको हो। जसपा सांसद प्रमोद साहले बाहिर आएजस्तो कुनै निर्णय नै नभएको सादा कागजमा भने हस्ताक्षर नगरिएको बताए। ‘सादा पेपरमा कहीँ हस्ताक्षर हुन्छ ? त्यो गराउने र मान्ने कस्तो हो ?’ उनले भने।

उनले सरकारलाई बाँकी माग पूरा गराउने विषय र अध्यक्ष महन्थ ठाकुरलाई अन्य विषयमा निर्णय गर्न सक्ने अधिकार प्रत्योजन गर्ने बैठकको माइन्युटमा हस्ताक्षर गरिएको बताए। 

प्रथम अध्यक्ष महन्थ ठाकुरलाई नबोलाई केही दिनअघि कार्यकारिणी समितिको बैठक बसेको कुरा अवैधानिक रहेको उनको भनाइ छ। 
‘अध्यक्षले अब कुनै निर्णय लिनका लागि उहाँलाई हामीले हस्ताक्षर गरेर अधिकार दिएका हौं,’ उनले भने,‘हाम्रो बाँकी माग पूरा गराउन सरकारलाई दबाब दिनेलगायत विषय अध्यक्षले निर्णय गर्न सक्नुहुन्छ।’

अध्यक्षले जुनसुकै बेला जे पनि निर्णय लिनुपर्ने अवस्था आउन सक्ने र त्यो बेला सांसदहरू उपलब्ध हुन नसक्ने भएकाले तुरुन्तै निर्णय लिनका लागि भनेर निर्णय गरेरै हस्ताक्षर गरेको उनले प्रष्ट पारे। 

जसपाकै अर्का एक नेताले पनि सादा कागजमा कुनै हस्ताक्षर नगरेको र अध्यक्षलाई अधिकार प्रत्योजन गर्ने निर्णयमा हस्ताक्षर गरिएको बताए। 

बैठकमा गरिएको माइन्युटमा निर्णय लेख्न खाली राखिएको ठाउँमा अध्यक्षले जुनसुकै निर्णय गर्न सक्ने उनले बताए। त्यसमा आफूहरूले सहमति जनाएर नै हस्ताक्षर गरेको उनी बताउँछन्। कति जना सांसदले अहिलेसम्म हस्ताक्षर गरे भन्ने खुलाइएको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि जसपाको महन्थ–राजेन्द्र पक्षले आफू निकटका सांसदहरूलाई उपत्यका नछाड्न र बाहिर रहेकाले तत्काल काठमाडौं आउन निर्देशन दिइसकेका छन्। 

वैशाख १४ गते जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठकमा १८ जना सांसदलाई हस्ताक्षर गराएका थिए। लुम्बिनी प्रदेशमा जसपाका चार जना सांसदलाई कारबाहीको निर्णय गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव प्रयोजनका लागि हस्ताक्षर संकलन गरेको थियो। 

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षले आफ्नो बहुमत रहेको बताइरहेको छ भने महन्थ–राजेन्द्र पक्षले पनि आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ। 

जसपाभित्र प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नगर्ने पक्ष प्रष्ट छुट्टिएकाले पार्टी विभाजन हुने संकेतसमेत देखा परेको विश्लेषण गर्न थालिएको छ।

प्रकाशित: May 04, 2021| 08:58 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।