आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मध्य भोटेकोसीमा आईपीओको आवेदन इसेवाबाट पनि दिन सकिने

मध्य भोटेकोसीमा आईपीओको आवेदन इसेवाबाट पनि दिन सकिने

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीय बासिन्दाको लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा इसेवाबाट पनि आवेदन दिन सकिने भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीय बासिन्दाको लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा इसेवाबाट पनि आवेदन दिन सकिने भएको छ।

कम्पनीले मंगलबार (आज) देखि जारी गरेको आईपीओमा कोरोनाका कारण जारी भएको निषेध आदेशका कारण आवेदकहरु बैंकमा गएर लाम लाग्न नपरोस् भन्ने उद्देश्यले इसेवाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धकको रुपमा रहेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

इसेवा छैन भने भौतिक रुपमा उपस्थित भई ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आइपीओमा आवेदन दिन सकिन्छ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ। 

सो आइपीअपोमा सिन्धुपाल्चोकबासीले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

प्रकाशित: May 04, 2021| 08:13 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्