बिहीबार, भदौ ११, २०८३

‘खाद्यान्न पर्याप्त छ, अनावश्यक भण्डारण नगर्नू’

सरकारले खाद्यान्न पर्याप्त रहेकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - सरकारले खाद्यान्न पर्याप्त रहेकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्न पर्याप्त रहेकाले आपूर्तिमा समस्या नहुने भन्दै अनावश्यक ‘स्टक’ नराख्न आग्रह गरेको हो।

विभागले सूचना जारी गर्दै दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुन लगायतका वस्तु पर्याप्त रहेको जानकारी गराएको हो।

समग्र आपूर्ति व्यवस्था सुचारु रहेको र मौज्दात पनि पर्याप्त रहेको जानकारी गराउँदै विभागले अनावश्यक स्टक नगर्न उपभोक्तामा अनुरोध गरेको हो। 

‘आपूर्ति व्यवस्था सुचारु रहेको, उत्पादक तथा उपत्यकाका ठूला आयातकर्ता, वितरक एवम् थोक विक्रेताका गोदाम, पसलहरूको अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुहरू पर्याप्त मात्रामा स्टक रहेको’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘तरकारी तथा फलपूmलको आपूर्ति सहज रुपमा भइरहेको र मास्क स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि पर्याप्त मात्रामा रहेको पाइयो।’ 

विभागले पछिल्लो समय बजार अनुगमनसमेत तीव्र बनाएको र ऐन विपरीतका क्रियाकलाप गर्ने व्यवसायीलाई कारबाहीसमेत गरिरहेको दाबी गरेको छ। यसअघि विभागले मास्क, कुखुराको मासु लगायतका वस्तुमा बढी मूल्य लिएको कसूरमा जरिबानासमेत गर्दै आएको छ।

विभागले खाद्यान्नको मौज्दातको अवस्थाबारे जानकारी लिन गत आइतबार अनुगमन गरेको थियो।

प्रकाशित: May 04, 2021| 07:56 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।