बिहीबार, भदौ ११, २०८३

गण्डकीका ६ जिल्लामा भेटिए २१२ संक्रमित

ण्डकी प्रदेशका ६ जिल्लामा एकैदिन २१२ कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकामा छन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

पोखरा– गण्डकी प्रदेशका ६ जिल्लामा एकैदिन २१२ कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकामा छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा १४४ जना संक्रमितको पहिचान खुलेको छ। 

यसैगरी नवलपरासी पूर्वमा ५१ जना कोरोना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। कोरोना संक्रमित भेटिएका अन्य जिल्लामा वागलुङ स्याङ्जा, लमजङ् र तनहुँ छन्। 

यसैगरी कोभिड–१९ का कारण म्याग्दीका एक पुरुषको पोखरामा मृत्यु भएको छ। म्याग्दीको मंगला गाउँपालिका–६ का ७६ वर्षीय पुरुषको चरक अस्पतालमा उपचारको क्रममा निधन भएको डा. शर्माले बताए। उनलाई वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: May 04, 2021| 07:52 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।