काठमाडौं– तीन वटा प्रदेशमा मौसम बदली भएर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश नं.१, २ र बाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको विभागको भनाइ छ।
अझै केही दिन देशका विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
