काठमाडौं - नेकपा माओवादी केन्द्र स्थायी कमिटीको अनौपचारिक बैठक आज बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा स्थायी कमिटी सदस्यहरूले अनौपचारिक छलफल गर्न लागेका हुन्।
माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले दिउँसो ३ बजे स्थायी कमिटीका सदस्यहरूले अनौपचारिक छलफल गर्न लागेको जानकारी दिए। ‘अध्यक्षले पछिल्लो राजनीतिक घटनाक्रम लगायतका बारेमा बिफ्रिङ गर्नुहुन्छ होला,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि थप रणनीति बनाउन माओवादी केन्द्रले छलफल गर्न लागेको हो।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
