सुर्खेत – कोरोना संक्रमणका कारण सल्यानमा थप दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाख गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।
दुवैजनाको सोमबार राति मृत्यु भएको हो। ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए।
