बिहीबार, भदौ ११, २०८३

निषेध आदेश ४६ जिल्लामा, आवतजावतमा अझै कडाइ हुने

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा निषेध आदेश थप कडा बनाउने बताएका थिए।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै सर्वसाधारणको आवतजावतमा कडाइ गर्न सरकारले ४६ जिल्लामा निषेध आदेश जारी गरेको छ। सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीले फरक–फरक समयमा निषेध आदेश जारी गरेका हुन्। 

आज मंगलबार रातिबाट ८ र बुधबार रातिबाट ३ जिल्लामा निषेध आदेश थपिएको छ। मंगलबार रातिबाट बागलुङ, कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेध आदेश लागू हुँदैछ । त्यसैगरी रोल्पा, बाजुरा र महोत्तरीमा भोलि बुधबारबाट निषेध आदेश सुरु हुँदैछ । 

गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेध आदेश जारी गरिएको छ।

त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रे, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेध आदेश लागू भएको छ । हालसम्म निषेध आदेश जारी भएका मध्ये ३७ जिल्लामा पूर्ण रुपमा र ९ जिल्लामा आशिंक रुपमा लगाइएको छ। 

सरकारले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित पुगे निषेध आदेश जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ। सोही अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी हुने गरेको छ।

काठमाडौं उपत्यकामा भने १६ देखि २२ वैशाखसम्म निषेध आदेश जारी छ। यो समय वैशाख मसान्तसम्म थप हुने बताइएको छ।

हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा निषेध आदेश थप कडा बनाउने  बताएका थिए। कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन लकडाउनको विकल्प नरहेको विज्ञहरूको सुझावअनुरुप सरकारले काम गर्ने उनको भनाइ थियो।

निषेध आदेश लागू भएका जिल्लाकाे विवरण

प्रकाशित: May 04, 2021| 06:40 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।