बिहीबार, भदौ ११, २०८३

उपत्यकाका सीडीओको बैठक, के होला निर्णय?

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज आगामी रणानीतिका विषयमा आफूहरूबीच छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले नेपाल समयलाई बताए। उनले अहिले स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको र त्यस लगत्तै आफूहरूबीच छलफल हुने बताए।

बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए। 

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ। 

उता ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ। उनलाई संक्रमण भएपछि जुममार्फत बैठकमा सहभागी हुने छन्।

प्रकाशित: May 04, 2021| 06:27 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।