बिहीबार, भदौ ११, २०८३

सेती अस्पताललाई १८ अक्सिजन सिलिण्डर सहयोग

सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

धनगढी - सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ। धनगढी उप-–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रमा रहेका अटो वर्कसपले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका हुन्। 

अस्पतालमा उपचाररत कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस् भनेर धनगढीस्थित शिवाङ्ग ट्रेडर्सका सञ्चालक विवेक शर्माको पहलमा अटो वर्क सपबाट अक्सिजन सिलिण्डर संकलन गरिएको थियो।

१६ वटा वर्क सपबाट संकलित १४ खाली र चार भरिएको अक्सिजन सिलिण्डर पछि फिर्ता लिने गरी अस्पताललाई सहयोग गरिएको शर्माले बताए।   

यसअघि सेती प्रादेशिक अस्पतालले खाली सिलिण्डर भएको खण्डमा सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।

प्रकाशित: May 04, 2021| 06:25 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।