काठमाडौं - ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने तयारी थियो। तर, कोरोना संक्रमण ललितपुरका सीडीओ सहभागी नहुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।
संक्रमण पुष्टि भएपछि उनले आजको बैठकमा भौतिक उपस्थिति नजनाएर प्रविधिको प्रयोग गर्ने उनले जानकारी दिए। उनी अहिले आइसोलेशनमा रहेका छन्।
