बिहीबार, भदौ ११, २०८३

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै

निर्माणाधीन कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

धनगढी - निर्माणाधीन कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो।

आइसोलेसन निर्माणस्थलमा सरसफाइ तथा आवश्यक भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

‘होल्डिङ सेन्टरसहित दुई हजार क्षमताको आइसोलेसन निर्माण सुरु भएको छ,’ रिजालले भने, ‘तत्कालका लागि ५०० शय्याको आइसोलेसन बन्छ।’ 

रिजालले अबको एक हप्तामा सेवा सुरु हुने गरी निर्माण थालिएको बताए। उनले आफ्नो नेतृत्वमा र्‍यापिड एक्सन टिमसमेत बनाउने बताए।

प्रकाशित: May 04, 2021| 06:16 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।