बिहीबार, भदौ ११, २०८३

मोरङमा पाँच कोरोना संक्रमितको मृत्यु

मोरङमा मंगलबार बिहान पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

विराटनगर - मोरङमा मंगलबार बिहान पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका दुई, सुनसरी, इलाम र सप्तरीका १–१ जना छन्।  

चार जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र एक जनाको मोरङ बेलबारी होम आइसोलेसनमा मृत्यु भएको हो। 

बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। पूर्वप्रहरी सहायक निरीक्षक (असई) रहेका उनको बिहान ४ बजेतिर मृत्यु भएको हो। 

नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा लगेर राखिएको थियो। 

श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो। 

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ। परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। 

उनका अनुसार महिलाको उपचारकै क्रममा बिहान ४ः१५ तिर मृत्यु भएको हो। मृतकमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिए।

सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ। कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। 

प्रबन्धक दाहालले उपचार जारी रहेकै बेला बिहान ५ बजेतिर संक्रमित वृद्धाको मृत्यु भएको बताए। उनका अनुसार मृतकमा दमको पुरानो समस्या थियो।

सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ। उनको नोबेलमै उपचार भइरहेको थियो। 

कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। उनले मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए। 

प्रकाशित: May 04, 2021| 06:09 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।