शनिबार, जेठ २०, २०८०
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु, शव छाडेर हिँडे आफन्त

अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु, शव छाडेर हिँडे आफन्त

धनुषामा एक जना कोरोनाका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ। पाँच दिनदेखि रुघाखोकी तथा ज्वरोको समस्या देखिएका ती बिरामीको उपचार नपाएर ज्यान गएको हो।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

जनकपुरधाम- धनुषामा एक जना कोरोना भाइरसका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ। पाँच दिनदेखि रुघाखोकी तथा ज्वरोको समस्या देखिएका ती बिरामीको उपचार नपाएर ज्यान गएको हो।

Everest Bank

कोरोनाजस्तै लक्षण देखिएका धनुषाको बटेश्वर गाउँपालिका- ४ मा रहँदै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो। केही दिनयता रुघाखोकी तथा ज्वरोको समस्याबाट उनी ग्रसित थिए। सोमबार राति ८ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि जनकपुरधाम ल्याइएको थियो।

प्रादेशिक अस्पताल जनकपुर तथा जनकपुरकै अन्य अस्पतालमा उपचारका लागि भर्ना गर्न लग्दा कतै बेड खाली नरहेकाले उनलाई फर्काइएको थियो। अन्त्यमा बटेश्वरकै एक स्थानीय क्लिनिकमा लैजाँदै गर्दा उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए। बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको एम्बुलेन्स चालक महतोले बताए। उनको अक्सिजन अभावका कारण मृत्यु भएको बताइएको छ।

बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा पहिले पैसा बुझाउन भनेको र बिरामीका आफन्तले आफूसँग पैसा नरहेको बताएपछि भर्ना लिन नमानेको आफन्तको गुनासो छ।

यता आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले आफ्नो क्लिनिकमा भर्ना हुन नपाउँदै बिरामीको मृत्यु भइसकेको दावी गरेका छन्। उनले बिरामीलाई एम्बुलेन्समा नभई आफन्तले काँधमै ल्याएको बताए। काँधमा ल्याइरहेको अवस्थामा हिलोमा चिप्लिएर बिरामी झर्दा चोटका कारण मृत्यु भएको दावी उनले गरे।

National life insurance
Metro Mart

मेडिकल हल सञ्चालक सुवोधले भने, ‘बिरामीलाई हामीले छोएका पनि छैनौं, मेडिकल हल पुग्न नपाउँदै हिलोमा चिप्लिएर बिरामीको मृत्यु भएको हाे। आफन्तले शव मेडिकल अगाडि राखेर घर फर्किसकेका छन्।’

मृतकको शव अहिले मेडिकल बाहिरै छ। आफन्तले शव छाडेर गएपछि वेवारिसे अवस्थामा छ। मृतक परियार कोरोना संक्रमित रहे नरहेको पुष्टि हुनसकेको छैन।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले बिरामीलाई भर्ना नलिएको कुरो स्वीकार गरे। अस्पतालमा २६ बेडको आइसोलेसन मात्रै रहेको र ३२ वटा बिरामी आई सकेकाले थप बिरामी भर्ना गर्न सक्ने स्थिति नरहेको उनले बताए। डा. सिंहले भने, ‘२६ वटा आइसोलेसन मात्रै छन्, थप आइसोलेसन बेड निर्माणको कार्य जारी छ। त्यसैले हामी अहिले थप बिरामीलाई भर्ना गर्न सकिरहेका छैनौं।’

प्रकाशित: May 04, 2021| 06:12. 00 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्