बिहीबार, भदौ ११, २०८३

चट्याङ लागेर झापामा प्रहरी चौकी प्रमुखको मृत्यु

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक ४७ वर्षीय महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

झापा - झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक ४७ वर्षीय महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए। तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए।

भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो। हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको थियो। गस्तीमा खटिएका अरू प्रहरी भने सुरक्षित नै छन्। रासस

प्रकाशित: May 04, 2021| 04:42 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।