बिहीबार, भदौ ११, २०८३

कर्णालीमा थप पाँच काेराेना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

सुर्खेत - कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए। संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा. खड्काले बताए।

उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। आइतबार सुर्खेत सिम्ता गाउँपालिका-८ का ३०, लेकबेँसी नगरपालिका-८ का ६८ र पञ्चपुरी नगरपालिका-११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सोमबार पाँच र आइतबार तीनजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पीसीआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको निमित्त निर्देशक डा. खड्काले बताए। 

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ९ हजार १२८ संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन्। दुई हजार १९४ संक्रमित प्रदेशका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित: May 04, 2021| 04:35 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।