बिहीबार, भदौ ११, २०८३

भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितकाे मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

चितवन - भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका-३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै बाराको सिमरा उपमहानगरपालिका-१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो। रासस

प्रकाशित: May 04, 2021| 03:54 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।