बागलुङ - बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको ताराखोलागाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधिको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो। श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन्।
