बिहीबार, भदौ ११, २०८३

स्थगित नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्ने भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्ने भएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो। बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे समीक्षा हुनुका साथै पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: May 04, 2021| 02:17 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।