काठमाडौं- काठमाडौं उपत्यकाको निषेध आदेश थप कडाइ गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले निषेध आदेश थप कठाइ गर्न तयारी गरिएको जानकारी दिए।
'निषेध आदेश थप कडाइ गर्नुपर्ने देखिएको छ। यसबारे मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रजिअहरूको बैठकले यसबारे निर्णय गर्छ,' नेपाल समयसँग कुराकानी गर्दै प्रजिअ पराजुलीले भने।
उनले निषेध आदेशको अवधि थप गर्ने तयारी समेत अघि बढाइएको बताए। मंगलबार तीनै जिल्लाका प्रजिअहरूको बैठकले निषेध आदेश लम्ब्याउने विषयमा निर्णय लिनेछ। यसअघि जारी गरिएको निषेध आदेश बुधबार राती समाप्त हुँदैछ।
