काठमाडौं- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सबै सेवा बन्द गरेको छ। पनिकाबाट प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिले फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सबै सेवा बन्द गरिएको पनिकाले सूचनामा उल्लेख गरेको छ।
परीक्षाफल पुनर्योग गर्न चाहने विद्यार्थीको लागि वैशाख २६ गतेसम्म हदम्याद भएकाले अनलाइन वा ईमेलमार्फत् पठाउन अनुरोध गरिएको छ। फारम भर्दा लाग्ने दस्तूर कार्यलयको बैंक खातामा जम्मा गरी भौचर र विषय उल्लेख गरी कलेजमा इमेल गर्न पनिकाले भनेको छ।

