बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट सञ्‍चालनमा, तत्काललाई राहत

कर्णाली प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट सञ्‍चालनमा, तत्काललाई राहत

अक्सिजनको चरम अभाव झेलिरहेको प्रदेश अस्पताल सुर्खेतले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

सुर्खेत- अक्सिजनको चरम अभाव झेलिरहेको प्रदेश अस्पताल सुर्खेतले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ।

विगत केही दिनयता अक्सिजनको अभावमा बिरामीहरु तड्पिनुपर्ने र बिरामी कुरुवाले अक्सिजन खोसाखोस गर्नुपर्ने अवस्था थियो। दैनिक रुपमा नेपालगंजबाट आउने अक्सिजनको भरमा रहेको प्रदेश अस्पतालले आफ्नै प्लान्टबाट उत्पादन सुरु गरेपछि केही हदसम्म सहज भएको छ।

प्रदेश अस्पतालले सोमबारदेखि आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै केही समयलाई अक्सिजनको अभाव टर्ने भएको हो। अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै संक्रमितमा बाँच्ने आशा पलाएको छ। 

‘हिजो (आइतबार)सम्म अक्सिजनको अभावमा संक्रमितको मृत्यु हुन्छ कि भन्ने त्रास हुन्थ्यो’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले भने, ‘आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि तत्काललाई राहत भएको छ।’ अस्पतालले दुईवटै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। 

नयाँ अक्सिजना प्लान्टबाट दैनिक १०० सिलिन्डर उत्पादन हुन्छ। पुरानो प्लान्टले दैनिक ५ देखि १० वटा सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्छ। दुईवटा प्लान्टले हालका संक्रमितलाई उपचार सहज हुने खड्काले बताए। ‘अब अक्सिजनको अभावमा संक्रमितको मृत्यु हुँदैन, कुरुवाले अक्सिजनका लागि हारगुहार गर्नु पर्दैन’ डाक्टर खड्काले भने, ‘अक्सिजन उत्पादन सुरु भएपछि बिरामीलाई राम्रोसँग उपचार गर्न सक्छौँ भन्ने आश पलाएको छ।’

अक्सिजन उत्पादन सुरु भए पनि नेपालगञ्जबाट आपूर्ति गनुपर्ने समस्याको अन्त्य भने भएको छैन। ‘अस्पतालको उत्पादनले ५०/६० जना संक्रमितलाई धान्छ तर संक्रमित बढ्नेक्रम रोकिएको छैन’ प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डाक्टर केएन पौडेलले भने, ‘संक्रममितको दरअनुसार अझै दैनिक १०० सिलिन्डर नेपालगञ्जबाट आपूर्ति गर्नुपर्छ।’ बढ्दो संक्रमणको दर र अन्य बिरामीका लागि नेपालगञ्जबाट अक्सिजन आपूर्ति कायमै हुने पौडेलले बताए।

‘प्रदेश अस्पतालले संक्रमित र प्रदेशका ७ वटा जिल्लाका अन्य बिरामीलाई सेवा दिनुपर्छ’ डाक्टर पौडेलले भने, ‘अक्सिजन प्लान्ट सुरु भए पनि नेपालगञ्जबाट आपूर्तिको काम भने रोकिँदैन।’ नेपालगञ्जमा संक्रमण दर उच्च भए पछि कर्णालीका कालिकोट, दैलेख, सुर्खेत, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यानका कोरोनाबाहेकका बिरामीलाई पनि सेवा दिनुपर्ने बाध्यता छ। संक्रमण नहुँदा सुर्खेत, सल्यान, रुकुमपश्चिम र जाजरकोटका अधिकांश बिरामीहरु उपचारका लागि नेपालगञ्ज पुग्ने गरेका थिए। 

प्रकाशित: May 03, 2021| 12:59 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।