बिहीबार, भदौ ११, २०८३

वातावरणविद् सूर्यमान शाक्यको निधन

शाक्यले ०४६ सालको प्रजातन्त्र पुर्नबहालीपछिको निर्वाचित सरकारले गठन गरेको उच्चस्तरीय वातावरणीय समितिमा रहेर वातावरण संरक्षणको खाका कोर्ने कामको नेतृत्व गरेका थिए।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- वातावरणविद् सूर्यमान शाक्यको निधन भएको छ। सोमबार बिहान उनको निधन भएको हो। 

नेपालको पहिलो वितावरणीय इन्जिनियर शाक्यले वातावरण संरक्षणको क्षेत्रमा उल्लेख्य योगदान गरेका थिए। शाक्यले ०४६ सालको प्रजातन्त्र पुर्नबहालीपछिको निर्वाचित सरकारले गठन गरेको उच्चस्तरीय वातावरणीय समितिमा रहेर वातावरण संरक्षणको खाका कोर्ने कामको नेतृत्व गरेका थिए।

फोहोर मैला व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका शाक्यले नुवाकोटको ओखरपौवालाई ल्यान्ड फिलिङ साइटका रुपमा कार्यान्वयन गरेका थिए।

शाक्यले वातावरणीय इन्जिनियरिङ विषयको अध्यापन गर्दै आएका थिए। नेपाल वातावरण पत्रकार समूहका सदस्य शाक्य रोटरी क्लबमा पनि आवद्ध थिए।

शाक्यका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रकाशित: May 03, 2021| 12:54 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।