बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यका ४१७ अस्थायी दरबन्दी थप्ने प्रदेश २ सरकारको निर्णय 

स्वास्थ्यका ४१७ अस्थायी दरबन्दी थप्ने प्रदेश २ सरकारको निर्णय 

प्रदेश २ सरकारले कोरोना महामारीको संक्रमण न्यूनीकरणका लागि प्रदेशभरिका अस्पताल तथा प्रयोगशालाहरुमा जनशिक्त थप्ने निर्ण गरेको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले कोरोना महामारीको संक्रमण न्यूनीकरणका लागि प्रदेशभरिका अस्पताल तथा प्रयोगशालाहरुमा जनशिक्त थप्ने निर्ण गरेको छ। 

प्रदेशका अस्पताल तथा प्रयोगशालाहरुमा स्वास्थ्यकर्मीहरुको अभाव भएपछि ४१७ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय सरकारले गरेको हो।

प्रदेश २ सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक जन स्वास्थ्य प्रयोगशालाका लागि ३३ जना, प्रादेशिक अस्पताल जनकपुरधामका लागि १७४ जना, महोत्तरीको जलेश्वर, सिरहा, सर्लाहीको मलंगवा, रौतहटको गौर र बाराको कलैया अस्पतालका लागि ३२/३२ जना, सिरहाको लहान अस्पतालका लागि २३ जना र सप्तरीको भारदह तथा पर्साको पोखरिया अस्पतालका लागि १५/१५ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा खट्ने एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको अस्थायी दरबन्दी थप गर्ने भएको छ। थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यक्ताको आधारमा नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ।
बैठकबाट कोरोना महामारी नियन्त्रणका लागि गरिएका कामको अनुगमन गर्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत तोकेको छ।

सप्तरी जिल्लाका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरी जिल्लाका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहट जिल्लाका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रकाशित: May 03, 2021| 12:28 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।