काठमाडौं– भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युको रफ्तार तीव्र छ। केही सातायता त्यहाँ संक्रमित र मृत्यु दुवै बढिरहेका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६८ हजार १४७ जना संक्रमित थपिए भने ३ हजार ४१७ जनाको मृत्यु भयो। अहिले पनि भारतमा ३४ लाख १३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
अहिलेसम्म भारतमा करिब २ करोडलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ। यीमध्ये २ लाख १८ हजार ९५९ जनाको मृत्यु भइसकेको छ।
