बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट मृत्य हुनेका परिवारलाई एक लाख राहत दिइने

कोरोना संक्रमणबाट मृत्य हुनेका परिवारलाई एक लाख राहत दिइने

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ। 

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट नागरिकको मृत्यु भएमा परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

‘कोरोना संक्रमणबाट कुनै पनि नागरिकको मृत्यु भएमा उहाँका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेका छौं,’ प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन्, ‘विपद्को घडीमा नागरिकलाई राहत दिन यस्तो निर्णय गरिएको हो।’

सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत रकम उपलब्ध गराउने छ।

प्रकाशित: May 03, 2021| 04:54 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।