धनगढी - धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको आज मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुषको बिहान साढे १ बजे र वडा नम्बर १० की ३५ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–२ का ४३ वर्षीय र कञ्चनपुरको भीमदत्त नगरपालिका-७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ।
