काठमाडौं - कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा स्वाब दिएका थिए।
ट्वीटरमा उनले लेखेका छन्, ‘बिहानीपख रिपोर्ट आयो– पोजेटिभ टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेको छु।’
उनी डेरामै आइसोलेसनमा बसेका छन्। लक्षणले च्यापेको भए पनि मनोबल उच्च रहेको उनको भनाइ छ।
