बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका चार अस्पताललाई ह्युम्यानिटी फाउण्डेसनको अक्सिजन सहयोग

सुदूरपश्चिमका चार अस्पताललाई ह्युम्यानिटी फाउण्डेसनको अक्सिजन सहयोग

अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि ह्युम्यानिटी फाउण्डेसन नेपालले सुदूरपश्चिमका केही अस्पताललाई अक्सिजन उपलब्ध गराएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

धनगढी - अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि ह्युम्यानिटी फाउण्डेसन नेपालले सुदूरपश्चिमका केही अस्पताललाई अक्सिजन उपलब्ध गराएको छ।

फाउण्डेसनले कोरोना संक्रमितको उपचारमा सहजता होस् भनेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालाई ९८ थान अक्सिजन उपलब्ध गराएको हो। ह्युम्यानिटी फाउण्डेसन नेपालका सदस्य दीपक उपाध्यायले महाकाली अस्पताललाई ८० थान, डडेल्धुरा अस्पताललाई २२ थान र टीकापुर अस्पताललाई २० थान अक्सिजन सिलिण्डर वितरण गर्ने बताएका छन्। 

अक्सिजनको अभावमा सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको उपचारमा समस्या हुन थालेपछि पहिलो चरणमा सेती, महाकाली, डडेल्धुरा र टीकापुर अस्पताल गरेर दुई सय २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको सदस्य उपाध्यायले बताए। 

फाउण्डेसनका अर्का सदस्य दीर्घ उपाध्यायले ह्युम्यानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम टायलका छोरा किशन टायलले आफ्नो जन्मदिनको अवसरमा एक सय थान अक्सिजन सिलिण्डर र फाउण्डेसनका अन्य सदस्यको सहयोगमा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको बताए। यो अभियान जारि रहने उपाध्यायले बताएका छन्।

प्रकाशित: May 03, 2021| 03:01 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।